यो हो विश्वको सबै भन्दा सानो घोडा, जसको लम्बाई छ १० इन्च

Posted on: 19 Sep, 2019

एजेन्सी | सामन्य अवस्थमा घोडा प्राय अग्ला नै हुने गर्दछन् | तर एउटा यस्तो घोडा छ जुन विश्वको सबैभन्दा होचो घोडाको रुपमा चिनिन्छ | बाँबेल नाम गरेको यस घोडाले गिनिज बुक अफ द वल्ड रेकर्ड राखेको छ |प्राय मानिसहरु यो कुरा जानेर हैरान छन कि विश्वको यो सबैभन्दा सानो घोडाको लम्बाई  ५६.७ सेन्टिमिटर यानी एक फिट १० इन्च छ | 


यो उचाई सामान्य गधाभन्दा पनि कम छ | जुन घोडा कासकडाको फार्म हाउसमा छ,जहाँ उसँग कैयौ ठुला अरु घोडाहरु पनि रहेका छन् | यो घोडाका मालिक पैट्रिक र केटरजाइना का अनुसार,घोडालाई उनीहरुले पहिलो पटक २०१४ मा देखेका थिए ।

जुन घोडा २ महिनाको मात्र थियो । अहिलेसम्मको सबैभन्दा सानो घोडाको नाम थम्बेलिना थियो जसको २०१८ मा मुत्यु भयो । यो घोडाको लम्बाई मात्र ४४.५ सेन्टिमिटर यानी एक फिट पाँच इन्च थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!