जति बच्चा जन्मायो उतिनै पुरस्कार, ७ बच्चा जन्माउने महिलालाई स्वर्ण पदक !

Posted on: 13 Nov, 2019

कार्तिक २७, एजेन्सी | हाम्रो समाजमा धेरै सन्तान जन्माउने सस्कार घट्दै गएको छ | सानो र सुखी परिवारको अवधारणा अगाढी बढे संगै मानिसहरुले कम सन्तान जन्माइरहेका छन् | सरकारले नै हाम्रो जस्तो देशमा परिवार नियोजनका साधनहरु उपलब्ध गराउने गरिराखेको छ | 

कजाखस्तानमा भने जति धेरै बच्चा जन्मायो उति नै धेरै सरकारी सुविधा र पुरस्कारसमेत दिइने व्यवस्था रहेको छ | कजाखस्तान सरकारले ७ वा त्योभन्दा धेरै बच्चा जन्माउने महिलालाई ‘हिरो मदर्स’ नामक स्वर्णपदक दिने गर्दछ |

६ वटा बच्चा जन्माउँने आमालाई रजत पदक र सातौं बच्चा जन्माउनेबित्तिकै स्वर्ण पदक पाउछन | सातभन्दा बढी बच्चा जन्माउनेले रजत र स्वर्ण दुवै पदक पाएका हुन्छन् | देशमा जन्मदर बढाउन योगदान गर्ने महिला तथा दम्पत्तीलाई विशेष सुविधा र प्रोत्साहन दिने सरकारको नीति रहेको छ |

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!