अचम्मको जागिर,सुतेको मात्रै डेढ लाख तलब पाइने

Posted on: 02 Dec, 2019

एजेन्सी | मानिसले आफ्नो परिश्रम बराबरको ज्याला पाउनु स्वभाविक मान्ने गरिन्छ | अर्थात काम गरे पछि मात्रै तलब पाइन्छ | सुतेर पैसा कमाइन्छ भन्ने साहेत कमै होला पैसा कमाउन काम नै गर्नु पर्छ भन्ने मान्यता सबैमा रहदै आएको छ |

भारतमा एउटा कम्पनीले सुतेको पनि पैसा दिँदैछ | बैंगलोरमा रहेको उक्त कम्पनीले  सुतेबापत १ लाख भारु दिदै आएको छ | सबैलाई अचम्म लाग्न सक्छ,कामै नगरी सुतेर मात्रै कसरी पैसा दिन्छ होला भन्ने विचार हुन सक्छ | बैंगलोरमा रहेको अनलाइन स्लीप सोल्यूसन कम्पनीले यो अनौठो अफर ल्याएको हो | जसको नाम वेकफिट स्लीप इन्टर्नशीपको नाम दिइएको छ | असमा सहभागी भएर एकलाख पैसा कमाउन केहि नियमहरु पालना गर्नु पर्दछ |जसका लागि केहि मानिसको छनोट गरिन्छ ,छनोटमा परेकालाई कम्पनीले नै सुत्ने गद्दा दिनेछ | त्यसरी प्राप्त गरेका गद्दामा मानिसहरु सुत्नुपर्नेछ र आफ्नो निद्रा राम्रो भयो कि भएन भन्ने बारेमा दिनहुँ कम्पनीमा रिपोर्ट गर्नुपर्नेछ |

छनोट भएकाहरुले १ सय दिनसम्म दिनहुँ ९ घण्टा अनिवार्य रुपमा सुत्नुपर्ने | सुत्न्कलागी कम्पनीमै जानु पर्ने छैन कम्पनीले दिएको गद्दा आफ्नै घरमा लगेर सुत्न पनि सकिने कम्पनीले जनाएको छ | नसुतेर सुतेको नाटक भने गर्न पाइने छैन | कम्पनीले स्मार्ट चिपको प्रयोग गरी निगरानी गरिराखेको हुने छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!