यी इन्जिनियर महिलाले शरीरलाई नै कम्प्युटर यसरी बनाइन

Posted on: 05 Jan, 2020

पुस २०,एजेन्सी | एक इन्जिनियर महिलाले कार दुर्घटनामापछि आफुलालाई दैनिक काममा अवरोध नहोस भन्नका लागि आफूलाई हिँडडूल गर्ने कम्प्युटरमा रुपान्तरण गरिन्, जसको फलस्वरुप उनी अहिले आफ्ना हरेक काम आफै गर्छिन् |

कार दुर्घटनापछि ३१ वर्षकी इन्जिनियर विन्टर मेराजको घुँडाको हड्डी धुलोपिठो भएको थियो | उक्त दुर्घटना पछि पनि उनले आफूलाई अलग अलग प्रत्यारोपणमार्फत दैनिक कामको लायक बनाइन् |

उनले प्रत्यारोपण मार्फत आफ्नो शरीरमा माइक्रोचिप्स लगाएर यसको योग्य बनाएकी हुन् |  माइक्रोचिप्सको सहयोगले विन्टर इमेल पठाउँछिन् र घरको ढोका पनि खोल्छिन् भने आफ्नो हातमा एलईडी लाइट्स र औलामा चुम्बक लगाएकी छन् जसको सहयोगले उनी घरको कार्यालयमा आफ्नो काम गर्छिन् |

संचारमाध्यमसँग अपरेशनबाट आफूले मानसिक ‘अवरोध’लाई तोड्न सकेको बताइन् | उनले भनिन् मैले कसैमाथि भर नपरी मेरो समस्याबाट छुटकारा पाउने उपाय निकालेको हुँ |

उनले हातमा लगाएको माइक्रोचिपमार्फत ढोका खोल्न सकिने, उनको व्यवसायसम्बद्ध हरेक जानकारी पनि आदानप्रदान गर्न सक्ने बताइन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!