परपुरुष सँग सम्बन्ध राखेको भन्दै श्रीमानले श्रीमतीको गुप्ताङ्गमा सुपरग्लुले टालीदिएपछि..

Posted on: 21 Feb, 2020

फागुन ९, एजेन्सी |  एक व्यक्तिले अवैध सम्बन्ध राखेको आशंकामा  आफ्नै श्रीमतीको यौनाङ्ग सुपर ग्लुले टालिदिएका छन् | घटना यो अफ्रिकी मुलुक केन्याको हो | श्रीमानले योनाङ्ग टालिदिएपछि श्रीमती छटपटाई रहेकी थिइन् | 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार उनको अवस्था गम्भीर रहेको छ | छिमेकीले उद्दार गरेर उनलाई स्पतालमा भर्ना गरेका थिए | मिडिया रिपोर्टका अनुसार ३६ वर्षीय डेनिस मुमो मानसिक रुपमा बिरामी छन् । उनले आफ्नी पत्नीको मोबाइलमा केही म्यासेज र तस्बिरहरु देखेका थिए । उनले त्यसलाई नै आधार मानेर पत्नीको अवैध सम्बन्ध भएको आशंका गरेका  हुन् |

उनकी श्रीमतीले उनी घरमा नभएको समयमा परपुरुषसँग सम्बन्ध राख्ने गरेको उनको दाबी छ | श्रीमतीलाई बाँधेर उनको यौनाङ्गमा सुपरग्लुले टालिदिएर आफु फरार रहेको उद्दारकर्ताहरुको भनाई रहेको छ | जब एक जना छिमेकीले उनलाई समाउने कोसिस गरेका थिए । तर उनलाई कुटपिट गरी उनी फरार भएका थिए । यद्यपि,आरोपीलाई प्रहरीले पक्राउ गरिसकेको छ । उनले प्रहरी समक्ष आफ्नो गल्ती स्वीकारेका छन् |

मुसोले आफ्नी पत्नीको दोषको प्रमाण दिएका छन् ।  उनले चार पुरुषहरुले पत्नीलाई पठाएका म्यासेज र तस्बिर सार्वजनिक गरेका छन् | प्रहरीले मुसोमाथि घरेलु हिंसाको आरोप लगाएको छ । उनकी पत्नीको प्रजनन अंगमा गहिरो चोट लागेको छ । उनको उपचार भइरहेको भए पनि उनमा बाँझोपनको समस्या आउन सक्ने डाक्टरहरुको भनाई छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!