केहि घण्टाभीत्र... ४६,४०० किलोमीटर प्रतिघन्टाको गतिमा पृथ्वी नजिकैबाट जाँदैछ एक उल्कापिण्ड

Posted on: 23 Jun, 2020

असार ९, काठमाडौँ । अबको केहि घण्टामा, पृथ्वीकै नजिक भएर एक निकै ठूलो उल्कापिण्ड जाँदैछ । यो पिण्ड स्ट्याचु अफ लिबर्टीभन्दा तीन गुना ठुलो छ । जून महिनामा पृथ्वी नजिकै भएर गएको यो तेश्रो उल्का पिण्ड हो । यस अघि ६ र ८ जूनमा पृथ्वी नजिकैबाट उल्का पिण्ड गएको थियो । (फोटोः गेटी)

यो उल्का पिण्डको नाम हो, 2010 एनवाई 65 हो । यो १ हजार १७  फीट लामो रहेको छ । यो पिण्ड ४६ हजार ४०० किलोमीटर प्रतिघण्टाको गतिमा पृथ्वीतर्फ आईरहेको छ । यो पिण्ड २४ जुन (भोली) दिउसो १२:३० बजे पृथ्वीको नजिकैबाट जानेछ । (फोटोः गेटी)

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको अनुमान छ कि यो पृथ्वीबात करीब ३७ लाख किलोमीटर टाढा हुँदै जानेछ । (फोटोः गेटी)

नासाका वैज्ञानिकहरु त्यस्ता सबै उल्का पिण्ड पृथ्वीको लागि खतरनाक मान्दछन्, जुन पृथ्वीबाट ७५ लाख किलोमीटरको दूरीभीत्र जान्छन् । यी तीब्र गतिमा जाने खगोलीय पिण्डलाई नीयर अर्थ अबजेक्टस (NEO) भनिन्छ । (फोटोः गेटी)

सूर्यको चारैतिर चक्कर लगाउने साना-साना खगोलीय पिन्डलाई एस्ट्रोएड वा क्षुद्रग्रह भनिन्छ । यो मुख्य गरि मंगल र बृहस्पति ग्रहको बीच हुने एस्ट्रोएड बेल्टमा पाइन्छ । यसले कयौं पटक पृथ्वीलाई समेत क्षेती पुर्याएको छ । (फोटोः गेटी)


जून महिनामा यो तेश्रो घटना हो । पहिलो पिण्ड ६ जूनमा पृथ्वीको नजिकैबाट गएको थियो । यो पृथ्वी नजिकैबाट जाँदा ४० लाख १४० किलोमीटर प्रति घन्टाको गतिमा गएको थियो । यसको नाम 2002 एनएन 4 थियो ।

त्यसको २ दिन पछि अर्थात जुन ८ मा अर्को पिण्ड पृथ्वी नजिकै बाट गयो । यसको नाम 2013 एक्स 22 एस्ट्रोएड थियो । यसको गति २४ हजार ५० किलोमीटर प्रतिघन्टा थियो । यो पृथ्वीबाट करीब ३० लाख किलोमीटर टाढा हुँदै गएको थियो । (फोटोः गेटी)

तपाइँलाई जानकारी होस् कि २०१३ मा चेल्याबिन्स्क एस्ट्रोएड रूसमा झरेको थियो । यो पृथ्वीमा बजारिदा १ हजार भन्दा बढी मानिस घाइते भएका थिए । हजारौं घरमा क्षेती पुगेको थियो । यस्तो पिण्ड खस्दा कुन आकारको खस्यो भन्ने मुख्य कुरा हो । ठूलो आकारको पिण्ड खस्दा पृथ्वीको ठूलो भूभागनै ध्वस्त हुनसक्ने हुन्छ । त्यो पनि मानिसको बस्तिमा खस्यो भने ठूलो मानवीय क्षेती हुने हुन्छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!