‘मिस टुरिज्म’ को ताज आरतीलाई (फोटो फिचर)

Posted on: 10 Nov, 2017

कात्तिक २४, काठमाडौँ (रासस) | यस वर्षको ‘मिस टुरिज्म’ को ताज पोखराकी आरती थापाले जितेकी छन् । 

यहाँ आज सम्पन्न प्रतियोगितामा आफ्ना ११ प्रतिस्पर्धीलाई पछि पार्दै २२ वर्षीया थापाले मिस टुरिज्म–२०१७ को ताज चुमेकी हुन् । त्यसैगरी मिस टुरिज्म फस्ट रनर अपमा काठमाडौँकी कृष्टिना श्रेष्ठ र सेकेण्ड रनर अपमा काठमाडौँकै एन्जी लामा विजयी भए । 

डेनमार्कबाट बजार व्यवस्थापनमा स्नातक थापा पछिल्लो समय मोडलिङ क्षेत्रमा पनि सक्रिय छिन् । सिद्धार्थ वनस्थलीबाट विद्यालय तहको शिक्षा आर्जन गरेकी थापाले प्रिमियर कलेजबाट दश जोड दुई अध्ययन गरेकी छन् । उनले पर्यटन र मोडलिङ क्षेत्रमा जम्ने सानैदेखिको सपना साकार पार्न भविष्यमा यही क्षेत्रमा क्रियाशील हुने राससलाई बताइन् । 

त्यस्तै फस्ट रनर अप श्रेष्ठ ‘पब्लिक हेल्थ’ विषयमा स्नातक हुन् । पब्लिक हेल्थ र मेडिकल टुरिज्मलाई अघि बढाउने योजना उनले सुनाइन् । ताज विजेता थापाले रु ५० हजार तथजा फस्ट रनरअप श्रेष्ठले रु ३० हजार र सेकेण्ड रनरअप लामाले रु २० हजार हात पारे । 

अघिल्लो वर्ष मिस टुरिज्म–२०१६ को उपाधि ओरुषा थापाले जितेकी थिइन् । राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्वाइन्ट मिडिया प्रालिले प्रतियोगिता आयोजना गरेको हो । ताज विजेतालाई नेपालस्थित विभिन्न संस्था र उत्पादनको विज्ञापन खेल्ने अवसर तथा विभिन्न संस्थाका ब्राण्ड एम्बेसडर पनि नियुक्त गरिने प्वाइन्ट मिडियाका प्रबन्ध निर्देशक नवीन काफ्लेले बताउनुभयो । 

तश्विरमा: प्वाइन्ट मिडियाद्वारा शुक्रबार राजधानीमा आयोजित ‘मिस टुरिजम २०१७’ प्रतियोगिताका विजेता पोखराकी आरती थापा तथा फस्ट रनर अप र सेकेण्ड रनर अपमा विजयी हुनुभएका क्रमशः काठमाडौँकी कृष्टिना श्रेष्ठ तथा एन्जी लामा । तस्बिरः नविन पौडेल, रासस

प्वाइन्ट मिडियाद्वारा शुक्रबार राजधानीमा आयोजित ‘मिस टुरिजम २०१७’ प्रतियोगितामा विजेता हुनुभएका पोखराकी २२ वर्षीय आरती थापा लाई ताज लगाइदिंदै । तस्बिरः नविन पौडेल, रासस

प्वाइन्ट मिडियाद्वारा शुक्रबार राजधानीमा आयोजित ‘मिस टुरिजम २०१७’ प्रतियोगितामा प्रस्तुती दिदैँ प्रतियोगिहरु । तस्बिर: नवीन पौडेल , रासस

प्वाइन्ट मिडियाद्वारा शुक्रबार राजधानीमा आयोजित ‘मिस टुरिजम २०१७’ प्रतियोगितामा प्रस्तुती दिदैँ प्रतियोगिहरु । तस्बिर: नवीन पौडेल , रासस

प्वाइन्ट मिडियाद्वारा शुक्रबार राजधानीमा आयोजित ‘मिस टुरिजम २०१७’ प्रतियोगितामा प्रस्तुती दिदैँ प्रतियोगिहरु । तस्बिर ः नवीन पौडेल , रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!