सरकारद्वारा १०० नयाँ पर्यटकीय गन्तब्य छनोट, तपाइको जिल्लामा कुन-कुन स्थान परे ?

Posted on: 01 Nov, 2018

कात्तिक १५, काठमाडौं । सरकारद्वारा पर्यटनका सम्भावना बोकेका तर ओझेलमा परेका १०० वटा नयाँ पर्यटकीय गन्तव्यलाई प्रवर्द्धन गर्ने उध्यश्य सहित छनोट गरेको छ । नागरिक उड्डयन मन्त्रालयले प्रवर्द्धन गर्नुपर्ने नयाँ सयवटा पर्यटकीय गन्तब्यहरु छनोट गरेको हो । 

यी गन्तब्य नेपाल पर्यटन बोर्ड, स्थानीय तथा प्रदेश सरकारबाट सिफारिस गरिएकाहरु हुन् । नयाँ पर्यटकीय गन्तव्यका लागि ६ सयभन्दा बढी स्थानहरु प्रस्तावित भएकोमा सयवटालाई समेटेर प्रवर्द्धन गरिने भएको छ ।

मन्त्रालयकाका अनुसार नयाँ छनोट भएका भएका पर्यटकीय गन्तब्यहरु निजी क्षेत्र, स्थानीय सरकार र स्थानीय बासिन्दाको पनि सहयोग लिएर घुम्नयोग्य बनाइनेछन् । सम्भावना भएर पनि ओझेलमा परेका यस्ता गन्तब्यलाई अब विशेष रुपमा विकास, प्रचार, प्रसार र संरक्षण गरिनेछ । ‘नेपाल भ्रमण वर्ष’मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यलाई प्राप्त गर्ने गरी नयाँ गन्तब्यको प्रवर्द्धन योजना बनाइएको छ ।

यी पर्यटकीय गन्तब्यको विकासमा सरकारले यसै वर्षबाट बजेट खर्च गर्न सुरुआत गर्नेछ । नयाँ गन्तब्य प्रवर्द्धन गर्न सरकारले ५० करोड रुपैयाँ छुट्याएको थियो । 

तपाइको जिल्लामा कुन-कुन नयाँ गन्तब्य छानिए हेर्नुहोस् 




यस बिषयमा तपाइको प्रतिक्रिया...!