सलाम एयरले काठमाडौंमा दैनिक उडान गर्ने

Posted on: 07 Sep, 2019

भदौ २१, काठमाडौं | ओमानको वायुसेवा कम्पनी सलाम एयरले काठमाडौंमा दैनिक उडान गर्ने भएको छ । सातामा तीन उडान गरिरहेको कम्पनीले आगामी साताबाट दैनिक उडान विस्तारको घोषण गरेको हो ।

कम्पनीले एक  वर्ष अगाडी नेपालमा उडान शुरु गरेको थियो । कम्पनीकाअनुसार यस अवधिमा करिब ५०  हजार यात्रु बोकिसकेको छ । आगामी वर्ष यात्रु सख्या दोब्बर बनाउने लक्ष्य रहेको कम्पनीले जनाएको छ ।

सलाम एयरले ९ जहाजबाट विभिन्न २०  गन्तव्यमा उडान गर्दै आएको छ । नेपालमा यस कम्पनीको उडान व्यवस्थापन आर्इएमर्इ इन्सेन्टिभ ट्राभल्सले गर्दै आएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!