क्रिकेटर सचिन तेन्दुलकर पशुपतिनाथको दर्शनमा

Posted on: 17 Nov, 2019

मंसिर १, काठमाडौं | भारतका पुर्व क्रिकेटर सचिन  तेन्दुलकरले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् | आज उनी आरध्यदेव पशुपतिनाथको मन्दिर पुगेर पूजा गरेका हुन् |


बाल अधिकार सम्बन्धि महासन्धी पारित भएको ३० वर्ष पुगेको उपलक्ष्यमा युनिसेफ नेपालले सचिनलाई नेपाल बोलाएको थियो |युनिसेफको सद्भावना दूत रहेका सचिन शुक्रबार राति नेपाल आइपुगेका हुन् | सचिनले शनिबार त्रिवि क्रिकेट मैदान पुगेर मैत्रीपूर्ण क्रिकेट म्याच खेलेका थिए |

उनीसँगै नेपाल पर्यटन वोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी पनि पशुपतिनाथ मन्दिर पुगेका थिए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!