अन्नपूर्ण पदमार्गमा बेपत्ता आफ्ना नागरिकबारे जानकारी लिन कोरियाली राजदूत पोखरामा

Posted on: 19 Jan, 2020

माघ ५, काठमाडौँ | अन्नपूर्ण क्षेत्रमा हराइरहेका आफ्ना नागरिकहरूको अवस्था बारे जानकारीको लागि  नेपालस्थित दक्षिण कोरियाली राजदूत पोखरा पुगेका छन् | उक्त क्षेत्रमा गएको हिमपहिरोमा परेका चारजना कोरियाली र तीनजना नेपाली नागरिकहरू हराइरहेका छन् |

कास्कीका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीका अनुसार उनीहरूलाई हिमपहिरोले पुरेको आशङ्का गरिएको छ | काठमाडौँ स्थित कोरियाली राजदूत पार्क योङ्-सिकसहितको कोरियाली टोली पोखरा पुगेको उनले जानकारी दिए | 

 अन्नपूर्ण क्षेत्रतर्फ जान लागेका उनीहरु सुरक्षाकर्मीले अवस्था प्रतिकूल रहेको जनाएपछि आइतबार पोखरामै रहेका छ |  "राजदूतसहितको टोली घटनास्थलतर्फ जाने कुरा थियो तर आज परिस्थिति अनुकूल नभएकाले उहाँहरू पोखरामै हुनुहुन्छ।"उनले भने,"भोली सम्भवत: उहाँहरूलाई त्यता पठाउने बन्दोबस्त गरिनेछ।" |

आइतबार बिहान हिमपहिरोको मात्रा ठूलो भएकाले अन्नपूर्ण क्षेत्रमा बेपत्ताहरूको खोजीमा कठिनाइ भएको छ | न्नपूर्ण क्षेत्रका विभिन्न स्थानमा साना र ठूला हिमपहिरो जाँदा त्यसक्षेत्रमा पदयात्रा गरिरहेका कैयौँ विदेशी र नेपाली नागरिकहरू फसेका थिए |

हिमपहिरोका कारण बाटोमा फसेका ११० जनाको उद्धार गरिएको छ | चार कोरियाली र तीन नेपालीको बारेमा भने खबर पाउन  नसकिएको उनले बताए | -बिबिसको सहयोगमा

यस बिषयमा तपाइको प्रतिक्रिया...!