विश्वकै प्रमुख पर्यटकीय गन्तव्यको पर्यटन प्रवर्धनमा जोड

Posted on: 25 Mar, 2021

चैत १२, काठमाडौँ । संसदीय समितिका निर्देशन र निर्णय सरकारले कार्यान्वयन नगरेको गुनासो गर्दै प्रतिनिधिसभा, अन्तरराष्ट्रिय सम्बन्ध समितिका सदस्यले समितिका निर्देशन लागू गर्न सरकार क्रियाशील हुनुपर्नेमा जोड दिनुभएको छ । 

पुरातात्त्विक, पर्यटकीय तथा सांस्कृतिक क्षेत्रका सम्बन्धमा छलफल गर्न आयोजित समितिको आजको बैठकमा विपक्षी दलका मात्र नभई सत्तापक्षका सांसदले पनि सरकारबाट आफैँ भएका निर्णयसमेत कार्यान्वयन नभएको आरोप लगाउनुभयो । 

समितिका सभापति पवित्रा निरौलाका अध्यक्षतामा भएको बैठकमा सदस्यले प्राकृतिक, पुरातात्त्विक, ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक दृष्टिले विश्वकै प्रमुख पर्यटकीय गन्तव्य नेपालको पर्यटन प्रवद्र्धनमा सशक्तरूपमा लाग्नुपर्ने धारणा व्यक्त गर्नुभयो । 

उहाँहरूले पर्यटकीय क्षेत्रको विकास तथा त्यसबाट प्राप्त लाभ जनस्तरमा पु¥याउन पर्यटकीय गन्तव्यको विविधीकरण गर्दै नयाँ पर्यटकीयस्थल र उपजको पहिचान, विकास एवं पर्यटकीय पूर्वाधारको विकास गरी पर्यटन उद्योगलाई राष्ट्रिय अर्थतन्त्रको प्रमुख आधार बनाउनुपर्ने बताउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!