ठूलाे दुर्घटना जाेगाउने क्याप्टेन शेर्पालाई विमान उडाउन राेक

Posted on: 30 Sep, 2021

असोज १४,  काठमाडौं। ल्याण्डिङ गियर नखुलेपछि संकटमा परेको बुद्ध एयरको विमान सकुशल अवतरण गराउने क्याप्टेन आङगेलु शेर्पाले तत्काल विमान उडाउन नपाउने भएका छन् ।

गत सोमबार ८ः३० मा काठमाडौँबाट विराटनगरका लागि उडेको बुद्ध एयरको नाइन–एनएनआईको एटिआर विमानको ल्याण्डिङ गियर नखुलेपछि विराटनगरमा अवतरण गर्न नसकी काठमाडौँमा अवतरण गरेको थियो । सो प्रकरणमा छानबिन भइरहेकाले क्याप्टेन शेर्पाले तत्तकाल विमान उडाउन नपाउने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

विमानमा कुनै समस्या आए पायलटमाथि पनि छानबनि हुने र छानबिनमा परेका पायलटले विमान उडाउन नमिल्ने भएकाले उनले विमान उडान नपाउने भएका हुन् । उनले छानबिनको अवधिमा पायलट लाइसेन्स पनि प्रयोग गर्न पाउने छैनन् । अहिलेलाई उनको पायलट लाइसेन्स स्थगित गरिएको छ ।

७३ जना यात्रु बोकेको सो विमान दुई घण्टा आकाशमा उड्नुपरेको थियो । तर, अन्तिममा ल्याण्डिङ गियर खुलेपछि काठमाडौँमा नर्मल अवतरण गरिँदा ठूलो दुर्घटना टरेको थियो । त्यसपछि क्याप्टेन शेर्पाको सबैतिरबाट प्रशंसा भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!