गीतकार राजु न्यौपाने"प्रान्जल"लाई घर चलाउनै गाह्रो (भिडियो)

Posted on: 19 Dec, 2016

पछिल्लो समय नेपाली साङ्गितिक बजारमा वैदेशिक भुमिमा रहेर पनी गित लेखन तथा सङ्गित सिर्जना गर्ने स्रष्टाहरुको सकृयता बढ्दै गएको छ । यस्तै भीडमा स्याङ्ग्जा निवुवाखर्क घर भइ हाल कोरियामा रहेका गितकार राजु न्यौपाने(प्रान्जल)ले विदेशमा भएको अवस्थामा घरपरिवारमा देखिएको समस्यालाई लोक गितिएल्बम "घर चलाउनै गाह्रो" मा समाबेश गरी म्युजिक भिडियो सार्वजनिक गरेका छन ।  

कुलेन्द्र विश्वकर्मा र पुर्णकला बिसिको आवाज रहेको गितलाई आश्रम म्युजिक प्रा.लि. ले बजारमा ल्याएको छ । राजु न्यौपाने "प्रान्जल"को शब्द, मनोज विश्वकर्माको लय रहेको भिडियोलाई झलक सङ्गितमले निर्देशन गरेका छन् । मोडल कृष्ण न्यौपाने र रुबिना अधिकारिको अभिनय रहेको गीतलाई करण चैसिरले छायाङ्कन गरेका छन् भने विष्णु शर्माले भिडियोको सम्पादन गरेका हुन् । 

घरको मुख्य व्यक्ती परदेशिँदा उसको परिवारमा परेको वेदनालाई भिडियोमा देखाउन खोजिएको छ । पहिलो पटक लोकसाङ्गितिक बजारमा आफ्नो उपस्थिती जनाएका गितकार राजु न्यौपाने"प्रान्जल" लाई बधाई तथा सफलताको शुभकामना हाम्रो तर्फबाट । 

भिडियो हेर्नुहोस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!