चक्र सुनारको नँया गीत सार्वजनिक

Posted on: 21 May, 2018

जेष्ठ ७, काठमाडौँ | चक्र सुनारको नयाँ गीत सार्वजनिक भएको छ । ‘दिलको दरबार’बोलको उक्त गीतमा दुर्गा बिरहीको लय तथा शब्द रहेको छ | 

सुनार सँगै जमुना सनमको स्वर पनि रहेको उक्त गीतलाई बिस्वास नेपालले एरेन्ज गरेका हुन् भने मार्मिक डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको छ ।

शंकर बिसीको निर्देशनमा तयार भएको यस गीतको भिडियोमा शंकर स्वयमले अभिनय गरेका छन् भने उनीसँगै नुना आर्यनको अभिनय देख्न सकिन्छ । भिडियो दुर्गा पौडेलले खिचेका हुन् भने नवीन घर्ती मगरले सम्पादन गरेका हुन् । यो गीत आत्म बिस्वास फिल्मस् प्रालिले बजार ब्यबस्थापन गरेको छ |


यस बिषयमा तपाइको प्रतिक्रिया...!