चलचित्र ‘सुश्री सम्पत्ती’ मा प्रियंकाको हट डान्स हेर्नुहोस्

Posted on: 08 Nov, 2018

कात्तिक २२, काठमाडौँ । पछिल्लो समय नेपाली चलचित्रमा एक छत्र राज गरिरहेकी नायिका प्रियंका कार्कीले आइटम डान्स गरेको चलचित्र ‘सुश्री सम्पत्ती’को गीतको भिडियो सार्वजनिक भएको छ ।

‘झुम्की हराए’ बोलको गीतमा नायिका कार्कीको हट अवतार देख्न सकिन्छ । साथमा चलचित्रका मुख्य कलाकारहरु सलोन बस्नेत, बिनोद न्यौपाने, प्रमोद अग्रहरिलाई पनि गीतको भिडियोमा देख्न सकिन्छ । चलचित्रको मुख्य नायिकाको रुपमा भने सारा सिर्पाली रहेकी छिन् ।

गीतमा सुरेश अधिकारीको शब्द तथा संगीत, मिना निरौला र राजन इशानको स्वर रहेको छ । चलचित्रलाई सुव्रतराज आचार्यले निर्देशन गरेका हुन भने निर्माताको रुपमा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार रहेका छन् ।

भिडियो हेर्नुहोस् 


यस बिषयमा तपाइको प्रतिक्रिया...!