समर लभकी नायिका हलमा पुग्दा दर्शकले गरे गाली, के गरेको यस्तो भन्दै झगडा ?(भिडियो)

Posted on: 10 Feb, 2019

माघ, काठमाडौं । गएको शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र समर लभ शनिबार पनि अधिकांश हलहरुमा हाउसफुलका साथ ब्यापार गरिरहेको छ । सुविन भट्टराईद्धारा लिखित चर्चित उपन्यास समर लभमा आधारीत यो चलचित्रका मुख्य कलाकार र निर्माण टिम शनिबार राजधानीका ठुला हल गोपिकृष्ण र अष्ट नारायणमा दर्शकको प्रतिक्रिया बुझ्न पुगेका थिए । 


दिउँसो बालाजु बाइपासस्थित अष्ट नारायण हलमा पुग्दा दर्शकले नायक आशिष पिया र नायिका रेवती क्षेत्रीलाई सेल्फि खिच्नका लागी घेरेका थिए । उनीहरुले दर्शकसँग प्रत्यक्ष प्रतिक्रिया पनि बुझेका थिए । दुबै जनाले दर्शकको साथले आफूहरु खुसी रहेको बताए । यस्तै चलचित्रका निर्देशक मुस्कान ढकालले दुईदिनको बर्षातले केहि प्रभाव पारेपनि हलमा दर्शकको राम्रो उपस्थिती रहेको बताएका छन् । उनले पहिलो दिन पछिको ‘माउथ पब्लिसिटी’ले राम्रो काम गरेको बताएका छन् । 


हलमा पुग्दा दर्शकले नायिका रेवती क्षेत्रीलाई गाली समेत गरे । उनको भूमिकाको बिषयमा बोल्दै उनीप्रति दुखी मन गरेका थिए । हलमा केके भएको थियो तलको भिडियो रिपोर्ट हेर्नुहोस् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!