दिपेन्द्रको निर्देशनमा होलीको धमाकेदार भिडियो हेर्नुहोस्

Posted on: 03 Mar, 2019

फागुन १९, काठमाडौँ । रङ्गहरुको पर्व होली नजिकै आईरहेको अवस्थामा रमेसराज भट्टराईले ‘होली’ गीत स्रोता/दर्शकमाझ ल्याएका छन् । रमेशराज कै शब्द/सङ्गीत रहेको गीतको भिडियोको निर्देशन दिपेन्द्र तिमल्सिनाले गरेका हुन् ।


होलीको रौनकलाई टपक्कै टिपेर भिडियोमा उतार्ने क्रममा यस गीतको भिडियो नवराज उप्रेतिको छायाँकन रहेको छ भने मनोज कार्कीले सम्पादन गरेका छन् । यस गीतमा सुनिल क्षेत्री, अलिशा शर्मा, बाल कलाकार उत्सर्ग भट्टराई र एभिलिना खड्काले अभिनय गरेका छन् ।


भिडियो मार्फत रङ्गको पर्व होलीको रौनकलाई जस्ताको तस्तै पस्कने कसरत गरेको हुनाले भिडियो राम्रो बनेको निर्देशक दिपेन्द्र तिमिल्सिनाले जानकारी दिए । उनले भने 'थोरै काम लिन्छु तर उत्कृष्ट दिने प्रयास गर्छु ।'

साच्चै दिपेन्द्रले भनेझैँ यो गीत निकै राम्रो बनेको अधिकांशले प्रतिक्रिया दिएका छन् । त्यस्तै गायक रमेशराजले सम्पुर्ण दर्शक तथा श्रोताहरुले आफ्नो हरेक गीत-संगीतलाई मन पराईदिनुभएको भन्दै यो गीतलाई पनि दर्शकले मन पराइदिने विश्वास लिएको बताएका छन् । 

भिडियो हेर्नुहोस् 


यस बिषयमा तपाइको प्रतिक्रिया...!