अन्जु पन्तकी दिदी २० बर्षदेखी कोठाभित्रै, घरमा पुग्दा रुवावासी, आमाको हालत हेर्न सकिएन (भिडियो)

Posted on: 16 Apr, 2019

बैशाख ३, काठमाडौं । आजभन्दा २३ बर्ष अघि गायिका अन्जु पन्त र वाला भट्टराई सँगै गीत गाउँथे । वालाले अन्जुलाई सिकाउँथिन् । उनीहरु दुबैजनाले संघर्ष गर्दै थिए । गायिका वाला अलिक बढी भजन गीत गाउँन रुचाउँथिन् तर अन्जु ब्यवसायिक गीतहरु बढी गाउन थालिन् । बिस्तारै अन्जुले एक पछि अर्को गीत गाउन थालिन् र गीत हिट हुन थाले तर वालाको जीवनमा रुप दुख आइपर्यो । 

गायिका वाला अहिले पनि काठमाडौंको घरको कोठामै छिन् । उनलाई बाहिरको संसार के हो थाहा छैन । ठ्याक्कै १८ बर्ष पुरा भयो वाला घरबाट बाहिर ननिस्किएको । अचम्म लाग्नेकुरा त यो छ की उनी रातदिन कहिल्यै पनि सुत्दीनन् । उनी ३० बर्षदेखी सुतेकी छैनन् । भन्छिन्, ‘मलाई निद्रा भनेको थाहा नै छैन, कत्तिपटक बेहोस् हुने इन्गेक्छन् लगाइयो तर बेहोस् हुन्न ।’

उनी वाला ७८ बर्षकी आमा बिगत २० बर्षदेखी ओछ्यानमै छिन् । उनै आमाका लागी उनले गीतसंगीत मात्र हैन, पुरै जीवननै समर्पित गरेकी छिन् । वाला आँफैपनि ढाडको समस्याले ग्रसित छिन् । गीत गाउने धोको हुँदा हुँदै उनले गाउन पाएकी छैनिन् । यस्तै थुप्रै समस्याले बाधिएकी गायिका वाला भट्टराईसँग रंग पत्रकार गोपिकृष्ण चापागाईंले गरेको कुराकानी तलको भिडियोमा अवस्य हेर्नुहोला । 

भिडियो हेर्न यो लिंकमा क्लिक गर्नुहोस् 

https://www.youtube.com/watch?v=qHt9bfmimqE&feature=player_embedded 

यस बिषयमा तपाइको प्रतिक्रिया...!