मोडल सुनिक्षा मैनाली 'राज कुमार' खोज्दै (भिडियो हेर्नुहोस)

Posted on: 25 May, 2019

जेठ ११, काठमाडौँ | गायिका सिर्जना गुरुङको नयाँ गित "राज कुमार" को म्युजिक भिडियो सार्बजनिक भएको छ ।

अमेरिका निबासी बरिष्ट गीतकार अम्बिका गुरुङको शब्दमा गायिका सिर्जना गुरुङले सुमधुर आवाज भरेकी छिन । दर्जनौ चर्चित गीतहरुमा शब्द कोरेर चर्चित तथा बरिष्ट गीतकारको रुपमा आफुलाई स्थापित गर्न सफल गीतकार एक सर्जकको साथमा साहित्यकार, समाजसेवीको रुपमा समेत परिचित छिन ।



सुन्दर तथा आकर्षक मोडल सुनिक्षा मैनालीको कुशल अभिनय रहेको यस म्युजिक भिडियोको गीतमा चर्चित संगीतकार महेश ज्ञवालीले संगीत भरेका छन् । म्युजिक भिडियोलाइ निर्देशक प्रसन्न पौड्यालले निर्देशन गरेका छन् भने तारा थापाले सम्पादन गरेका छन् । भिडियोलाइ भाबसागर इन्टरटेन्मेण्टले बजार लिएर आएको छ ।

भिडियो हेर्नुहोस :


यस बिषयमा तपाइको प्रतिक्रिया...!