‘घरबार गर्ने सोँच’बोलको तीज गीत सार्वजनिक (भिडियो हेर्नुहोस्)

Posted on: 06 Jul, 2019

असार २१, काठमाडौँ | यसवर्षको तीज पर्व क्रमश नजिकिँदैछ । युट्युबमा दिनहूँ तीज गीतका भिडियो सार्वजनिक हुन थालेका छन् । जसले तीज पर्व नजिकिएको आभाष हुन थालेको छ । 

यसैक्रममा शुक्रबार ‘घरबार गर्ने सोँच’बोलको तीज गीत सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमकाबीच भिडियोको प्रिमियर गर्दै गीत सार्वजनिक गरिएको हो । 


चर्चित गायक खुमन अधिकारी र गायिका सपना थापाको स्वर रहेको गीतमा सागर प्रधानको शब्द/लय रहेको छ । गीतमा बिनोद बाजुरालीको संगीत संयोजन छ । गीतमा विहे गर्ने उमेर पुगेकी युवतीको भाव ब्यक्त गरिएको छ । 

नेपाली चलचित्रकी नायिका रेजिना उप्रेती, मोडल लोमश शर्मा र रेखा थापा लगायतले गीतको भिडियोमा अभिनय गरेका छन् । 

भिडियो हेर्नुहोस्


प्रकाश भट्टको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियोलाई राजेश घिमिरेले छायाँकन गरेका हुन् । गीतको भिडियो आकर्षक देखिएको छ । विष्णु शर्माको सम्पादन रहेको भिडियोलाई सेलिब्रेटी नेपालले प्रस्तुत गरेको हो । 

भिडियो प्रिमियर कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले सार्वजनिक गीत मौलिक रहेको बताए । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!