बहराइनले भन्यो- 'विदेशी सेना प्रयोग गरेर कतारले खाडी संकट बढायो'

Posted on: 27 Jun, 2017

असार १३, काठमाडौँ । बहराइनका विदेश मन्त्री शेख खालिद विन अहमेद अल खालिफले कतारले संकट समाधान गर्ने भन्दा पनि विदेशी सेनाको प्रयोग गरेर झनै संकट बढाएको आरोप लगाएका छन् । 

राजनीतिक र सुरक्षाका विषयमा असहमति भएपनि कतारले टर्की सेनाको संख्या थपेर संकट बढाएकाले यसको परिणम कतारले भोग्नुपर्ने उनले बताएका छन् । ‘कतारसँगको हाम्रो असहमती सुरक्षा र राजनीतिक हो, सैन्य हैन,’ विदेश मन्त्री खालिफले भने, ‘विदेशी सेना र उनीहरुको सैन्य सवारीको प्रयोगले कतारले विदेशी सैन्यलाई बढवा दिएको छ यसको परिणाम कतारले भोग्ने छ ।’

तर दुई हप्ता अघि मात्रै उहाँले टर्की सेनाको उपस्थितीले खाडी संकटमा कुनै असर नपर्ने बताएको अल जजिराले उल्लेख गरेको थियो । टर्कीको संसदले नै कतारलाई सेना पठाउन अनुमती दिएको छ । 

टर्की संसदले हजारौ सेना पठाउन अनुमति दिएपनि गएको बिहीबार टर्कीले २३ जना सैनिक र पाँच वटा सैन्य सवारी पठाएको समाचार संस्था एएफपीले उल्लेख गरेको छ । कतारमा पहिलेदेखि नै झण्डै ९० जना भन्दा बढी टर्कीस सैनिक छन् । खाडी संकट पछि टर्कीले कतारलाई विभिन्न सहयोग गर्दै आएको छ ।

तीन हप्ता अघि बहराइन, साउदी, युएई लगायत ९ देशले कतारले आतंकवादलाई सहयोग गरेको भन्दै कुटनैतिक सम्बन्ध तोडेका थिए । सम्बन्ध तोडेपछि बहराइन साउदी, युएईलगायतल सम्बन्ध सुधारका लागि भन्दै १३ बुँदे माग कतारसँग राखेका थिए ।

तर कतारले उनीहरुको माग व्यवहारीक नभएको भन्दै अस्विकार गरेको छ । उनीहरुले लगाएका आरोपको पनि कतारले खण्डन गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!