रूसद्वारा विमान आक्रमण: इजरायली राजदूतसँग सोधपुछ

Posted on: 18 Sep, 2018

असोज २, मस्को, रूस (रासस/एएफपी) | रूसले सोमबार इजरायलद्वारा सिरियामा आफ्नो विमानमाथि आक्रमण गर्दा १५ जनाको मृत्यु भएको सन्दर्भलाई लिएर मङ्गलबार रूसका लागि इजरायली राजदूतसँग सोधपुछ गरेको छ । 

“सोमबार रूसी विमानमथि आक्रमण भएको र यसमा इजरायलको सम्लग्नता रहेको आशङ्कामा राजदूतसँग घटनाबारे सोधपुछ गरिएको छ,” रूसी रक्षा मन्त्रालयका सञ्चारसम्पर्क अधिकारीले एएफपीलाई बताए । 

Getty Image

इजरायलद्वारा रसियाली नागरिकको मृत्युप्रति दुःख ब्यक्त 

यसैबीच इजरायली सैनिकले जेरूसेलबाट दिएको प्रतिक्रियामा सिरियामा इजरायली हवाई आक्रमणका क्रममा संयोगबस रूसी सैनिक विमानमाथि लाग्दा भएको दुर्घटनामा परी मृत्यु भएका चालकदलका सदस्य तथा अन्य रूसी अधिकारी परेको भन्दै यसप्रति इजरायल दुःख व्यक्त गर्दछ भनिएको छ । 

तर इजरायलले घटनामा सिरियाली राष्ट्रपति बसर अल–असद र इरानलाई दोषी देखाएको छ । 

इजरायलले विमान चालक दलका सदस्यलगायतका अन्य रूसी अधिकारीको सिरियाली विमानभेदी आक्रमणमा सोमबार राति भएको मृत्युप्रति दुःख ब्यक्त गर्दछ, विमान दुर्घटनाबारे सेनाद्वारा पहिलो प्रतिक्रियारूवरूप जारी वक्तव्यमा भनिएको छ । 

इजरायले सैनिकले रूसी विमानलाई उडिरहेको अवस्थामा झारेको असद सरकारको सैनिक नै यसमा पूणर््तया जिम्मेवार रहेको जनाएको छ । इरान र हेजबुल्लाह आतङ्ककारी सङ्गठनलाई पनि यो दुर्भाग्यपूर्ण घटनामा दोषी रहेको इजरायलले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!