खाडी मुलुकहरूको सम्मेलनमा कतारी अमिर अनुपस्थित

Posted on: 09 Dec, 2018

मङ्सिर २३, रियाद, साउदी अरब (रासस/एएफपी) | कतारका अमिरले साउदी अरबको आयोजनामा भएको खाडी मुलुकहरूको आइतबार सुरु भएको शिखर सम्मेलनमा कतारका इमिरल सहभागिता जनाउनु भएन । 

साउदी अरबसहतिका केही मुलुकले कतारले आतङ्कवादी गतिविधिलाई सधाएको आरोप लगाउँदै गत बर्षदेखि कतारसँगको कूटनीतिक सम्बन्ध तोडेका थिए । 

कतारमाथि इरान र खाडी क्षेत्रमा सक्रिय इरान समर्थक विभिन्न समूहलाई सहयोग गरेको आरोप लगाउँदै उनीहरूले कतारसँगको सम्बन्ध तोडेको घोषणा सन् २०१७ मा गरेका थिए । 

रियादले दोहासँगको डेढ बर्ष लामो विवादपछि सम्मेलको आयोजना गरी साउदी पत्रकार जमाल खसोग्गीको हत्या प्रकरण र यसले निम्त्याएका परिणाम र यमनी द्वन्द्वका बिषयमा छलफल गर्ने एजेन्डा तय गरी कतारी इमिर शेख तामिन विन हमद अल–थानीलाई निमन्त्रणा गरेको थियो । कतारले इमिरको निमन्त्रणामा प्रतिनिधित्व गर्दै आफ्ना विदेशमन्त्री सुल्तान अल–मुरैखीलाई पठाएको छ । 


दोहालाई समर्थन दिएको इरानले भने हालैमात्र साउदी अरबको प्रभाब रहेको तेल निर्यात राष्ट्रहरूको संगठन ओपेकबाट पनि बाहिरिने घोषणाले विवाद कम हुने सम्भावना देखिएको छैन । 

सम्मेलनको उद्घाटन गर्दै साउदी राजा सलमानले इरानले खाडी राष्ट्रहरूको आन्तरिक मामिलामा हस्तक्षेप गरी उक्त क्षेत्रमा सुरक्षा समस्या सिर्जना गरेको आरोप लगाउनु भएको छ । 

खाडीको सुरक्षा, स्थायित्वका लागि सहकार्यको खाँचो उहाँले औल्याउनुभयो । पत्रकार खसोग्गीका बिषयलाई लिएर साउदी राजकूमार तथा राज परिवार तनावमा रहेका समय सम्मेलन सुरु भएकाले सम्मेलनमा यस बिषयमा कसरी एकतावद्ध भएर अघि बढ्ने छलफल हुने बताइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!