एक वृद्धाले गुडिरहेको बसको झ्यालबाट टाउको निकाल्दा खम्बामा ठोक्किँएर जिउं र टाउको छुट्टियो !

Posted on: 19 Jan, 2019

माघ ५, काठमाडौं | भारतको मध्य प्रदेशस्थित पन्ना जिल्लामा एक वृद्धाले बस यात्राको क्रममा झ्यालबाट टाउको बाहिर निकाल्ने क्रममा निकै भयानक घटना घटेको छ । ती वृद्धाले बान्ता गर्न गुडिरहेको बसको झ्यालबाट टाउको निकाल्ने बित्तिकै उनको टाउको काटिएर बाहिर खसेको छ । उनले दुर्घटना हुनु एकैछिन अघिमात्र सँगै बसेकी महिलासँग सिट परिवर्तन गरेकी थिइन् । उक्त डरलाग्दो घटना शुक्रबारको हो ।


कोतवाली पुलिस गानाका इन्स्पेक्टर अरविन्द कुजुरको भनाई उद्धृत गर्दै पीटीआईले दिएको जानकारी अनुसार छतरपुरबाट पन्ना हुँदै सतना जाँदै गरेको सार्वजनिक बसमा छतरपुर जिल्लाकी ५० वर्षीया आशारानी खरे सतना जाँदै थिइन् । पन्नाको साइन्स कलेज अगाडि भएको बिजुलीको खम्बामा ठोक्किएका कारण आशारानीको टाउको काटियो । उनको टाउको सडकमा बजारियो भने शरिर बसको सीटमा रह्यो ।

उनीसँगै बसेकी एक महिलाले घटनाबारे जानकारी दिएकी छिन् । भारतीय संचारमाध्यमसँगको कुराकानीमा उनले भनिन्, ‘मृतक महिला बीचमा बसेकी थिइन् । आफूलाई बान्ता हुने भन्दै उनले मलाई झ्यालमा बस्न दिन आग्रह गरिन् । मैले उनलाई आफू बसेको ठाउँ छोडिदिएँ । उनले बान्ता गर्न टाउको बाहिर निकाल्ने बित्तिकै दुर्घटना भयो । बस, खम्बाको यति नजिकबाट यात्रा गर्यो कि यी दुईबीच केही इन्चको मात्र दुरी थियो । यसैबीच दुर्घटना भयो ।’एजेन्सी 

यस बिषयमा तपाइको प्रतिक्रिया...!