विश्वकै ‘क्युट’ कुकुर ‘बू’को मृत्यु

Posted on: 22 Jan, 2019

माघ ८, काठमाडौं । सामाजिक सञ्जालमा ‘स्टार’ बनेको पामेरियन जातको कुकुर ‘बू’ को मृत्यु भएको छ । बू को उमेर १२ वर्षको थियो ।

सन् २०१७ मा आफ्नो सबैभन्दा प्रिय साथी ‘बडी’ मरेपछि बू निकै विक्षिप्त बनेको थियो । कुकुरका मालिकले बताएअनुसार त्यसपछि यो कुकुरलाई मुटुसम्बन्धी  समस्या निम्तिएको थियो । 


बडीको मृत्युपछि बू को मुटु चुडिएको अनुभूति भएको कुरा बूको आधिकारिक फेसबुक पेजमा उल्लेख गरिएको छ । फेसबुकमा बू का डेढ करोड भन्दा धेरै फलोअर्स थिए ।

यो कुकुरलाई स्टार कुकुर धेरै पटक टेलिभिजनमा देखाइएको थियो भने कुकुरकै नाममा ‘बू –द लाइफ अफ वर्ल्ड्स क्यूटेस्ट डग’ नामक किताब पनि प्रकाशन भएको छ ।

बू र उसको प्रिय साथी बडी ११ वर्षसम्म सँगै रहे । बडीको सन् २०११ डिसेम्बरमा मृत्यु भएको थियो । बू का मालिकका अनुसार गएको शनिबार राति सुतेकै अवस्थामा बू को मृत्यु भएको थियो ।

– बीबीसीबाट 

यस बिषयमा तपाइको प्रतिक्रिया...!