विषाक्त मदिरा सेवन गर्दा भारतमा २५ चिया मजदुरको मृत्यु

Posted on: 23 Feb, 2019

फागुन १०, भारत | भारतमा विषाक्त मदिरा सेवन गरेकाले १५ महिला सहित २५ जनाको मृत्यु भएको छ । 

देशको उत्तरपूर्वी राज्य असाममा पर्ने ठाउँमा भएको घटनामा मदिरा सेवनकर्ताहरुको सेवन गरेको केहीबेरमै निधन भएको प्रहरी अधिकारीहरुले जनाएका छन् । 

भारतको उत्तर प्रदेश र उत्तराखण्डमा गत दुई हप्ताभित्रमा विषाक्त मदिराका कारण झण्डै एक सय जनाको मृत्यु भएको छ । 

पछिल्लो घटनामा परी मृत्यु भएका मध्ये अधिकांश मजदुर रहेको जनाइएको छ । 

“मदीरा सेवन गरी विरामी परेका गाउँलेलाई बचाउने हाम्रो प्रयास सफल हुन सकेन,” विरामीको उपचारमा सम्लग्न जोर्हात मेडिकल कलेज अस्पतालका वरिष्ठ चिकित्सक गणेश बोहराले बताउनुभयो । “उनीहरूको मदीरा सेवन गरेको केही घण्टाभित्रै मृत्यु भएको छ ।” 

बिहीबार राति स्थानीय मदीरा व्यापारीसँग घरेलु मदीरा खरिद गरी ल्याएका र राति नै खाएका तथा मदीरा सेवन गरेको केही समयमा नै उनीहरू विरामी परेका स्थानीयले आफूलाई बताएका गोलघाट जिल्लाका वरिष्ठ अधिकारी धिरज दासले एएफपीलाई बताए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!