भूतापीय प्लान्ट विस्फोटका कारण भूकम्प: अध्ययन

Posted on: 20 Mar, 2019

चैत ६, सियोल | दक्षिण कोरियाको दोस्रो सर्वाधिक विनाशकारी भूकम्प अनुसन्धानात्मक भूतापीय (जियोथर्मल) प्लान्टका कारण भएको वैज्ञानिक अनुसन्धानबाट देखिएको सरकारी अधिकारीहरुले बताएका छन् । सन् २०१७ मा गएको उक्त भूकम्पले दक्षिणपूर्वी शहर पोहाङमा ठूलो क्षति पुगेको थियो । 

सरकारी अग्रसरतामा गठित स्वदेशी र विदेशी विज्ञहरुको समितिले सन् २०१७ को नोभेम्बर १५ मा गएका ५.४ म्याग्नीच्यूडका भूकम्पहरु ऊर्जा उत्पादनका लागि भूतापीय प्लान्टको विस्फोटनबाट भएको निष्कर्ष निकालेको छ । 

राजधानी सियोलबाट करिब ३७४ किलोमिटर दक्षिण पूर्वमा अवस्थित औद्योगिक शहर पोहाङको केन्द्र र बाहिरी इलाकामा भूकम्पको ठूलै धक्का महसुस गरिएको थियो । 

कोरियाली इतिहासमा सन् १९७८ यता यो दोस्रो ठूलो र विनाशकारी भूकम्प हो । भूकम्पका कारण दर्जनौं व्यक्ति घाइते हुनुका साथै दुई हजारभन्दा बढी घरमा क्षति पुगेको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!