गुँडिरहेको बसमा एकाएक आगलागी: २६ जनाको मृत्यु, २८ जना घाइते

Posted on: 23 Mar, 2019

काठमाडौं । चीनको हुनान प्रान्तको एक राजमार्गमा गुँडिरहेको बसमा एकाएक आगलागी हुँदा २६ यात्रुको मृत्यु भएको छ । दुर्घटनामा अरु २८ जना घाइते भएका छन् । 

प्रत्यक्षदर्शीका अनु्सार बसमा एकाएक आगलागी हुन पुगेको थियो । पर्यटक सवार बसमा दुई चालक र एक दुर गाइडसहित बसमा ५६ जना थिए । 

घाइतेमध्ये पाँचको अवस्था चिन्ताजनक रहको छ । उनीहरुलाई उपचारको लागि अस्पताल पठाइएको छ ।

प्रहरीले गाडिका दुई चालकलाई हिरासतमा लिएर आगलागी हुनुको कारणबारे अनुसन्धान गरिहेको छ । 

चीनमा अधिकाशं चालकहरु ट्राफिक नियमलाई वेवास्ता गर्ने गर्छन् । यसले गर्दा त्यहाँ विभिन्न समयमा गम्भीर खालका यातायात दुरघटना हुने गर्छन् । 

प्राप्त पछिल्लो रेकर्ड अनुसार सन् २०१५ मा चीनभरी ५८ हजार मानिसहरु सडक दुरघटनामा मारिएका थिए । यातायातसम्बन्धी भएका ९०% मृत्यु ट्राफिक नियम उलघंनका कारण भएको एक वरिष्ठ यातायात अधिकारीले जानकारी दिए । 

अघिल्लो नोभेम्बरमा चोङकिङ नगरपालिकामा एक बस पुलबाट खस्दा १३ जनाको मृत्यु भएको थियो । बसमा जडान गरेको सिसिटिभी फुटेजमा दुर्घटना हुनु ठीक अघि ड्राइभर र एक यात्रु मुक्कामुक्की गरेको देखिएको थियो । आफूले भनेको ठाँउमा नरोकिदिएको भनेर यात्रुले चालकलाई मुक्का हानेपछि चालकले स्टेरिङ छाडेर यात्रुतर्फ फर्केर मुक्का फर्केको र लगतै गाडी पुलको साइडबारमा ठोकिएको देखिन्छ । 

त्यस्तै फेब्रअरीमा सांघाईमा ग्यास सिलिण्डर र पेट्रोलको बोटल लिएर हिँडेको एक भ्यानमा आगो लाग्दा कार छेउमा हिडिरहेका पैदलयात्रुहरु तर्फ जोत्तिएको थियो । दुर्घटनामा १८ जना घाइते भएका थिए । एजेन्सी 

यस बिषयमा तपाइको प्रतिक्रिया...!