इन्सेफ्लाइटिसबाट मृत्यु हुनेको संख्या १०० नाघ्यो, यसको लक्षणबारे जान्नुहोस्

Posted on: 17 Jun, 2019

असार २, बिहार (रासस/एएनआई) | भारतको बिहारस्थित मुजफरपुरमा इन्सेफलाइटिसबाट १०० भन्दा बढी बालबालिकाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् ।

श्रीकृष्ण मेडिकल कलेजका सुपरीन्टेन्डेन्ट सुनिल कुमार शाहीका अनुसार उपचारका लागि कलेजको अस्पतालमा भर्ना भएका ८३ जना बालबालिकाको मृत्यु भएको छ । मुजफरपुरकै केजरीवाल अस्पतालमा भर्ना भएका अरु १७ जना बालबालिकाको मृत्यु भएको छ ।

इन्सेफलाइटिसबाट मृत्यु भएका व्यक्तिका परिवारलाई जनही चार लाख भारतीय रुपैयाँ उपलब्ध गराउने बिहारका मुख्यमन्त्री नितिश कुमारले घोषणा गरिसक्नु भएको छ । 


मुख्यमन्त्री नितिश कुमारले रोग विरुद्ध लड्न सबै स्वास्थ्य निकायहरुलाई सक्रियतापूर्वक काममा जुट्न निर्देश गर्नुभएको छ । 

इन्सेफलाइटिस भएमा यसले उच्च ज्वरो आउने, टाउको दुख्ने र पक्षाघात समेत हुने गर्दछ । 

गत साता बिहारका स्वास्थ्य मन्त्री मंगल पाण्डेले विज्ञहरुको टोलीले इन्सेफलाइटिस रोग लाग्नुका मुख्य कारणहरुको पहिचान गरेको बताउनुभएको थियो । 

के हो इन्सेफलाइटिस ?

यो एक दिमागी अस्वस्थता हो, जो फ्ल्यावि भाईरसको संक्रमणले फैलन्छ । १८७१ मा यसको खोज जापानमा भएको थियो, यसैले यसलाई जापनीज इन्सेफलाइटिस पनि भनिन्छ । यो लामखुट्टे मार्फत मानिसको सरिरमा प्रवेस गर्छ । यसले सबैभन्दा बढी बच्चाहरुलाई प्रभावित पार्छ । सुँगुर र जंगली पंक्षीमा पनि यो रोगको विषाणु पाइन्छ ।

लक्षण 

यो रोगले सिधै मानिसको दिमागमा आक्रमण गर्छ । अक्सीजनको कमीको कारण सांस लिन समस्या हुन्छ । त्यसका साथै निकै तीव्र रुघा र टाउको दुख्ने पनि गर्छ । प्रभावित व्यक्तिको आँखा रातो हुन्छ । साथै व्यक्तिमा चिडचिडेपनको साथै थकान र बेहोशीको अवस्था आउँछ । १ देखि १४ बर्षका बच्चा एवम् ६५ वर्ष भन्दा माथिका मानिसहरुलाई यो भाइरसले बढी चपेटामा पार्छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!