सडक दुर्घटनामा परी २२ जनाको मृत्यु

Posted on: 24 Jun, 2019

असार ९, ऐजेन्सी | क्यामरुनको पश्चिमी क्षेत्रमा रहेको ब्याटी–बाहाम राजमार्गमा आइतबार भएको दुर्घटनामा करिब २२ जनाको मृत्यु हुनुका साथै अरु धेरै जना घाइते भएका छन् ।

प्रहरीका अनुसार यात्रुबाहक बस चिप्लिएर ट्रकसँग ठोक्किएर दुर्घटना भएको थियो ।

घटनास्थलमै १९ जनाको मृत्यु भएको र अरु तीन जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रवक्ता अगस्टाइन आवा फोन्काले बताउनुभयो ।

प्रहरीले कतिपय घाइेतेको अवस्था निकै नाजुक रहेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!