हवाइ आक्रमणमा कमाण्डरसहित तीन जना मारिए

Posted on: 23 Jul, 2019

साउन  ७, (रासस-सिन्ह्वा)  | अफगानिस्तानको दक्षिण भागमा पर्ने हेलमाण्ड प्रान्तको मार्जा जिल्लामा तालिबान लडाकू समूह लुकेर बसेका इलाका लक्ष्यगरी गरिएको हवाइ आक्रमणमा एक समूह कमाण्डरसहित तीन तालिबान लडाकू मारिएका छन् ।  

अफगान सेनाले मङ्गलबार प्रकाशित एक विज्ञप्तिमा उक्त जानकारी दिएको छ ।  जारी विज्ञप्तिका यस हवाइ आक्रमणमा मारिएका तालिबान कमाण्डरको नाम फारिद रहेको जनाइएको छ  ।

प्रायःअशान्त अवस्थामा रहने हेलमाण्ड प्रान्तमा सक्रिय रहेका तालिबान लडाकू समूहले यस विषयमा कुर्नै टिप्पणी गरेका छैनन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!