उत्तर कोरियाले बनायो पनडुब्बी

Posted on: 23 Jul, 2019

साउन ७, एजेन्सी  | उत्तर कोरियाली नेता किम जोङ अनले हालै निर्माण गरिएको पनडुब्बीको निरीक्षण गर्नुभएको छ ।

उत्तर कोरियाली समाचार संस्था (केसिएनए) का अनुसार नयाँ निर्माण गरिएको पनडुब्बीले पूर्वी कोरियाली समुद्रमा सेवा गर्नेछ । यो पनडुब्बीलाई चाँडै प्रयोगमा ल्याइने पनि केसिएनएले जनाएको छ ।

केसिएनएका अनुसार किमले उत्तर कोरियाको सैनिक क्षमता सुदृढ गर्न पनडुब्बीको निर्माणले महत्वपूर्ण योगदान पु¥याएको भन्दै पनडुब्बी निर्माणमा संलग्न सबैलाई धन्यवाद दिनुभयो ।

नेता किमले उत्तर कोरियाको प्रतिरक्षा उद्योगको तिब्र विकासमा शक्तिशाली पनडुब्बी निर्माणले अर्को कोशेढुंगा पार गरेको पनि बताउनुभएको थियो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!