'चीन–अमेरिका व्यापार विवाद चिन्ताको बिषय'

Posted on: 24 Aug, 2019

भदौ ७, फ्रान्स (रासस/एएफपी) | बेलायतले चीन–अमेरिका व्यापार विवादका बिषयमा चासो व्यक्त गरेको छ । 

फ्रान्स भ्रमणमा रहनुभएका बेलायती प्रधानमन्त्री बोरिस जोनसनले शुक्रबार ‘जस्तालाई तस्तै’ भन्ने भावले विश्वका दुई शक्तिशाली अर्थतन्त्रबीच देखिएको व्यापार विवादले विश्व अर्थतन्त्रलाई प्रभावित तुल्याइरहेको भन्दै यसप्रति चासो व्यक्त गर्नुभएको हो ।

वदलाको भावमा दुई मुलुकले आ–आफ्ना तर्फबाट करवृद्धि गरी व्यापारमा संरक्षणवादी नीतिलाई अघि सार्दा यसले विश्व अर्थतन्त्रमा समस्या आएको बताइएको छ ।

वियरिट्समा हुन लागेको जी–सेभेन राष्ट्रहरूको सम्मेलनमा सहभागी हुन जाने क्रममा विमानभित्रै सञ्चारकर्मीसँग भएको कुराकानीमा प्रधानमन्त्री जोनसोनले भन्नुभयो, “मलाई यस बिषयले निकै चिन्तित तुल्याएको छ । यसको प्रभाव बेलायतलाई समेत पर्नसक्ने खतरा रहेको छ तर यो खतरा मोल्न बेलायत चाहिरहेको छैन । यस्तो निरन्तरता हुनु राम्रो होइन । यसले कसैलाई फाइदा गर्नेछैन ।”

उहाँले थप्नुभयो, “म तनाव कम होस् भन्ने पक्षमा रहेको छु ।”

यस बिषयमा तपाइको प्रतिक्रिया...!