आकाशमै हेलिकप्टर र विमान जुधे, सातको मृत्यु

Posted on: 26 Aug, 2019

भदौ ९, एजेन्सी । स्पेनको पर्यटकीय टापु मल्लोर्काको आकासमा हेलिकप्टर र एउटा विमान जुधेका छन् । दुर्घटनामा दुई बालबालिकासहित सातको मृत्यु भएको छ । दुर्घटना इन्का सहरको केन्द्रभागको आकाशमा भएको थियो । क्षेत्रीय बलेरिक सरकारले ट्वीटरमार्फत यसको जानकारी दिएको छ ।

ब्रिटिस सञ्चारमाध्यम गार्जियनका अनुसार दुर्घटनाको समयमा विमानमा दुई जना र हेलिकप्टरमा पाँच जना सवार थिए । दुर्घटनामा ती सबैको ज्यान गएको छ । स्थानीय प्रहरी प्रवक्ताले सञ्चारकर्मीलाई बताए अनुसार हेलिकप्टरमा सवार चार जना एउटै परिवारका अभिभावक र तिनका दुई बालबालिका थिए । हेलिकप्टर जर्मनीमा दर्ता भए पनि त्यसमा सवार यात्रु कुन देशका भन्ने खुलेको छैन । पीडितको राष्ट्रियबारेमा अनुसन्धान भइरहेको प्रहरीले बताएका छ ।

आकाशमा ठक्कर खाएपछि दुई यान मैदानमा खसेका थिए । मल्लोर्का र अन्य बलेरिया टापुहरु पर्यटकीय गन्तव्य हुन् । ती क्षेत्रमा विशेषत गर्मी महिनामा स्पेनभित्रै र विदेशबाट ठूलो संख्यामा पर्यटकको आउने गर्छन् ।स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेसले पीडित परिवार प्रति सम्वेदना व्यक्त गरेका छन् । उनले ट्वीट गर्दै ‘मल्लोर्का घटनाको समाचारलाई विशेष चासोका साथ पछ्याइरहेको’ लेखेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!