छात्रामाथि यौन शोषण गरेको आरोपमा भारतका पूर्व केन्द्रीय मन्त्री चिन्मयानन्द पक्राउ

Posted on: 20 Sep, 2019

असोज ३, एजेन्सी | भारतको उत्तर प्रदेश अन्तर्गत पर्ने कानून कलेजकी एक छात्रामाथि यौन शोषण गरेको आरोपमा विशेष अनुसन्धान दल (एसआईटी) ले पूर्व केन्द्रीय राज्यमन्त्री एवं भाजपा नेता चिन्मयानन्दलाई पक्राउ गरेको छ |

उनि आफ़्नो आश्रम बाटै पक्राउ परेका थिए | उनलाई त्यहाँको अदालतले चिन्मयानन्दलाई १४ दिनको न्यायिक हिरासतमा राखेको छ | सर्वोच्च अदालतको आदेशमा एसआईटीले यो मुद्दाको अनुसन्धान गरिरहेको छ । केही दिन अघि पीडितले एक पेन ड्राइभमा प्रमाण अनुसन्धान गर्ने अधिकारीलाई सुम्पिएको थियो । उनलाई स्वास्थ्य खराबीका कारण अस्पताल भर्ना गरेको जनाइए को छ |

स्वामी सुखदेवानन्द विधि महाविद्यालयमा एलएलएमकी छात्राले २४ अगस्टमा एउटा भिडियो पोष्ट गरेका थिए । यसमा उनले एक सन्यासीले थुप्रै किशोरीको जीवन बर्बाद गरिदिएको र उनको परिवारलाई यी सन्यासीबाट ज्यानको खतरा भएको बताएकी थिइन् । 

त्यसपछि ती युवतीका पिताले चिन्मयानन्दविरुद्ध दुष्कर्म र शारीरिक शोषणको रिपोर्ट दर्ता गराउन खोजेपनि पुलिसले मुद्दा दर्ता गरेको थिएन । त्यसपछि यो मुद्दा सर्वोच्च अदालत पुगेको हो | यसअघि स्वामी चिन्मयानन्ले उनीविरुद्ध षड्यन्त्र भइरहेको बताएका थिए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!