नेल्सन मण्डेलाकी छोरी दक्षिण कोरियाको राजदूत

Posted on: 18 Oct, 2019

कात्तिक १, सियोल (रासस-एएनआई) | दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेल्सन मण्डेलाकी छोरी जेनानी मण्डेला–डामिनी दक्षिण कोरियाको राजदूतमा नियुक्त हुनुभएको छ । 

गत अक्टोबर २ मा दक्षिण कोरियाको सियोल पुग्नुभएकी जेनानीले बिहीबार कोरियाली विदेश मन्त्रालयका पदाधिकारीहरुसँग पहिलो भेटघाट गर्नुभयो । 


योनहाप समाचार समितिसँग कुरा गर्दै राजदूत जेनानीले आफूले दक्षिण कोरियामा सेवा गर्ने मौका पाएकामा खुशी लागेको बताउँदै दुई देशबीचको द्विपक्षीय सम्बन्ध अझ प्रगाढ बनाउन आफूले सक्दो कार्य गर्ने स्पष्ट गर्नुभयो ।

उहाँले चाँडै दक्षिण कोरियाली राष्ट्रपति मून जाए–इन समक्ष भेटघाट गर्नुहुने छ । 

नेल्सन मण्डेला र विन्नी मण्डेलाकी जेठी छोरी जेनानी हाल ६० वर्ष पुगिसक्नु भएको छ । यसअघि उहाँले पाँच वर्षसम्म दक्षिण अफ्रिकाका लागि अर्जेन्टिनाको राजदूत र मरिससका लागि उच्चायुक्तको जिम्मेवारी सम्हाल्नुभएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!