पाकिस्तानमा दुई जना भारतीय नागरिक पक्राउ, आतंकवादी आक्रमण गर्न भारतले पठाएको आरोप

Posted on: 19 Nov, 2019

मङ्सिर ३, एजेन्सी | अबैध तरिकाले पाकिस्तानमा प्रवेश गरेको भन्दै पाकिस्तानी अधिकारीले सोमबार दुई भारतीय नागरिकलाई गिरफ्तार गरेका छन् | गिरफ्तार पर्नेमा भारतीयहरुको नाम प्रशान्त (मध्य–प्रदेश निवासी) र दारीलाल (तेलंगाना) बताइएको छ  |

जियो न्युजका अनुसार दुवै भारतीय नागरिकलाइ पञ्जाब प्रान्तको बहावलपुरमा गिरफ्तार गरिएको थियो । पक्राउ पर्दा तीसँग कुनैकानुनी कागजात थिएन | गिरफ्तार गरिएको एक भारतीय सफ्टवेयर इन्जिनियर रहेको पाकिस्तान प्रहरीले जनाएको छ |

प्रहरीका अनुसार वै विरुद्ध मुद्दा दर्ता गरिएको छ | तिनलाई पाकिस्तानमा आतंकवादी आक्रमण गर्नको लागि पठाइएको उनीहरुको दाबि छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!