अफगानिस्तानमा हेलिकोप्टर दुर्घटना हुदाँ दुई अमेरिकी सैनिकको मृत्यु

Posted on: 20 Nov, 2019

मंसिर ४, एजेन्सी | अफगानिस्तानमा हेलिकोप्टर दुर्घटनामा परि दुई जना अमेरिकी सैनिकको मृत्यु भएको छ | दुर्घटनाबारे अनुसन्धानका भइरहेको जनाइएको छ | अफगान सरकार र गठबन्धनसेनासँग लडिरहेका तालिवानी लडाकू समूहले पूर्वी लोगर प्रान्तमा भएको  यस  हेलिकोप्टर दुर्घटना गोली हानेर खसालेको दाबी गरेका छन् |

अमेरिकी रक्षा मन्त्रालयको नितीअनुसार यस समाचारको विस्तृत विवरणलगायत मारिएका व्यक्तिहरुको परिचय भने खुल्लाइएको छैन् | तालिबानीका कट्टर प्रवक्ता जबीउल्लाह मुजाहिदले ट्विटरमार्फत अमेरिकी हेलिकप्टरले लोगारको चर्ख जिल्लाको पानग्राम इलाकामा लडाकूहरुको आखाडा आक्रमण गर्न खोजेका बताएका छन्  |

सन् २०१७ को अक्टोबरमा लोगार प्रान्तमा गठबन्धन सेनाको हेलिकप्टर दुर्घटनामा परी एक अमेरिकी सेना मारिनुको साथै अन्य छ घाइते भएका थिए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!