भारतीय गृहमन्त्रीलाई अमेरिकाको यस्तो चेतावनी

Posted on: 10 Dec, 2019

मंसिर २४, एजेन्सी | भारतीय गृहमन्त्रीलाई अमेरिकामा प्रतिबन्ध लगाउन अमेरिकी आयोग (यूएससीआईआरएफ)ले प्रश्ताव गरेको छ | भारतको तल्लो सदन् लोकसभाबाट नागरिकता संशोधन विधेयक पास भएपछि लाखौं मुस्लिम र गैरहिन्दू अल्पसंख्यकहरू नागरिकताविहीन हुने भन्दै अमेरिकी आयोगले चिन्ता जनाएको छ |

 प्रेस वक्तव्य जारी गर्दै आयोगले यो विधेयक संसदमा पास भएमा अमेरिकाले भारतका गृहमन्त्री अमित शाह र अन्य प्रमुख नेतालाई प्रतिबन्ध लगाउनुपर्ने जनाइएको छ | भारतमा सोमबार लोकसभामा नागरिकता संशोधन विधेयक पास भएको छ | अब यसलाई राज्यसभामा पेश गरिनेछ | 

यो विधेयकमा बंगलादेश, अफगानिस्तान र पाकिस्तानका ६ अल्पसंख्यक समुदाय हिन्दु, बौद्ध, जैन, फारसी,ईसाई र सिख लगायत सरोकारवाला मानिसलाई नागरिकता दिने प्रस्ताव गरिएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!