वायु सेना विमान दुर्घटनामा परि चार जनाको मृत्यु

Posted on: 03 Jan, 2020

पुस १८, एजेन्सी | श्रीलंकामा वायु सेना विमान दुर्घटना भएको छ | पहाडी इलाका हापुतेलमा भएको विमान दुर्घटनामा परि चार सैनिकको मृत्यु भएको हो |

चिनियाँ कम्पनीले बनाएको वाई-१२ को टर्बोप्रोप विमान विराविलाको दक्षिणी बेसबाट दक्षिण कोलोम्बो रत्नमालाका लागि उडेको थियो |

श्रीलंकाका सैनिक अधिकारीका अनुसार विमानमा चार जना सवार थिए | दुर्घटनाको कारण भने नखुलेको सैनिक प्रवक्ता चान्दना विक्रमासिंघे जनाएका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!