इरानका ५२ स्थानमा आक्रमण गर्ने अमेरिकाले दियो फेरी यस्तो चेतावनी

Posted on: 05 Jan, 2020

पुस २०, काठमाडौं | फेरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका ५२ क्षेत्रमा आक्रमण गर्ने चेतावनी दिएका छन् | अमेरिकाको हवाई आक्रमणमा परेर यस अघि इरानी सेनाका मेजर जनरल कासिम सुलेमानी मारिए थिए |

यता  ट्रम्पले भने युद्ध अन्त्य गर्नका लागि  बग्दादस्थित विमानस्थलमा गरिएको आक्रमणमा इरानी सेनाका मेजर जनरल कासिम सुलेमानीको हत्त्या गरेको बताएका छन् | त्यसको भोलिपल्टै फेरी टम्पले इरानका ५२ क्षेत्रमा आक्रमण गर्ने प्रतिक्रिया दिए छन |

इरानले भने सुलेमानी हत्याको  बदला लिने  चेतावनी अमेरिकालाई दिएको थियो | उक्त धम्की संगै ट्रम्पले अमेरिकी जनता र सम्पत्तिमाथि आक्रमण भए इरानका ५२ क्षेत्रमा अमेरिकाले आक्रमण गर्ने चेतावनी दिएका हुन् |

आफ्ना सैन्य कमान्डरको मृत्युपछि इरानले अमेरिकी सम्पत्तिमाथि निशाना बनाउनेबारे साहसपूर्वक कुरा गरिरहेको छ’, ट्रम्पले टि्वटरमा लेखेका छन्, ‘यदि त्यसो भएमा इरानका ५२ क्षेत्र अमेरिकाको तारो बन्ने छन् ।’

ट्रम्पले त्यस्ता ५२ क्षेत्र कुन-कुन् हुन् भनेर विस्तारमा नखुलाए पनि इरान र यसको संस्कृतिका लागि ती महत्त्वपूर्ण रहेको बताएका छन् | यद्यपि, ट्रम्पले अमेरिकाले अन्यबाट कुनै पनि चेतावनी नचाहेको बताएका छन् ।

शुक्रबार इराकको बग्दादस्थित विमानस्थलमा अमेरिकाले गरेको हवाई आक्रमणमा परी इरानी सैन्य कमान्डर सुलेमानी मारिएका थिए | यो घटनाले दुई देशबीच थप तनाब उत्पन्न गरेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!