विश्वकै कान्छी प्रधानमन्त्रीले ल्याइन यस्तो प्रस्ताव, हप्तामा चार दिन मात्रकाम गर्नुपर्ने

Posted on: 06 Jan, 2020

पुस २१, एजेन्सी | फिनल्याण्डकी विश्वकै कान्छी प्रधानमन्त्री सन्ना मरिनले आफ्नो देशमा कामको लचिलो तालिका सुरु हुनुपर्ने बताएकी छिन्  | तालिका अनुसार दिनमा ६ घण्टा र हप्तामा चार दिनमात्रै काम गर्नुपर्ने नियम लागु हुनेपर्ने प्रस्ताव छ |

नव नियुक्त प्रधानमन्त्री ३४ वर्षीया सन्ना मरिनले यो नियम लागु भए कामदारले परिवारसँग धेरै समय बिताउने मौका पाउने बताएकि छिन | मानिसहरुले आफ्नो परिवार, मनपरेका व्यक्ति, आफ्नो इच्छा, आकांक्षा र जीवनका विभिन्न पाटोसँग पर्याप्त समय व्यतित गर्न पाउनुपर्छ उनले भनिन् |

उनी यो भन्दा अघि यातायात मन्त्री थिइन् | त्यतिबेला पनि उनले कर्मचारीको उत्पादन क्षमतामा विकास गर्न हप्तामा थोरै समयमात्रै काम गर्ने नियम लागु हुनुपर्ने माग राखेकी थिइन् | फिनल्याण्डमा अहिले दिनमा आठ घण्टा र हप्तामा पाँच दिन काम गर्नु पर्छ |

 गत नोभेम्बरमा माइक्रोसफ्ट जापानले नीजि र व्यवसायिक जीवनमा सन्तुलनका लागि कर्मचारीलाई हप्तामा तीन दिन बिदा दिने नियम लागू गरेको छ | फलस्वरुपः कार्य सम्पादनमा ३९.९ प्रतिशतको बढोत्तरी पाइएको थियो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!