इरान र अमेरिका बिच थप तनाब, इरानले गर्यो यस्तो घोषणा

Posted on: 06 Jan, 2020

पुस २१, एजेन्सी | गत शुक्रबार अमेरिकाले इरानका  इरानी जनरल कासिम सुलेमानी माथि गरेको हवाई आक्रमण पछि दुवै देश बिच तनाब उत्पन्न भएको छ | इरानले सन् २०१५को परमाणु सम्झौताअनुसार लागु भएका प्रावधान अब पालना नगर्ने घोषणा गरेको हो |

एक वक्तव्यमा इरानले अब परमाणु सम्बर्द्धनको लागि आफ्नो क्षमता, त्यसको स्तर समृद्धि गर्नका लागि अन्य सामग्री भन्डारण गर्ने, अनुसन्धान वा त्यसलाई विकसित गर्ने कुनै पनि प्रावधान पालना नगर्ने जनाएको छ |

तेहरानमा इरानको मन्त्रिमण्डलको बैठकपछि यो वक्तव्य सार्वजनिक भएको हो | सुलेमानीको मृत्यु भएपछि मध्यपूर्वमा युद्ध मडारिने आशंका बढीरहेको बेलामा इरानले पछिल्लो घोषणा गरेको हो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!