जब विमानले धावनमार्ग छाड्ने बितिक्कै चक्का फुस्कियो...

Posted on: 06 Jan, 2020

पुस २१, एजेन्सी | विमानस्थल छोड्ने बितिक्कै क्यानडामा हवाई जहाजको एक पांग्रा फुस्किएको छ | मन्ट्रियल ट्रुडो विमानस्थलबाट उडान गरेको एयर क्यानाडाको विमान धावनमार्ग छाड्नासाथ एउटा चक्का फुस्किएको हो |


जहाजलाई  धावनमार्गमा उडानका लागि गुडिरहेको दृष्यलाई एक यात्रीले कैद गरेका थिए | विमान धावनमार्ग छोडेर उडेपछि पांग्रा फुस्किएर धावनमार्गमै गुडिरह्यो | जसको बारेमा ति यात्रीले विमानकर्मीलाई जानकारी गराए पछि पाइलटले एयर ट्राफिक कन्ट्रोललाई विमानको ‘ल्यान्डिङ गियर’ अर्थात् चक्का फुस्किएको जानकारी गराउँदै आकस्मिक अवतरणका लागि अनुमति मागे  |


त्यसपछि उक्त विमान सकुशल अवतरण गराईयो | धिकारीहरुका अनुसार कुनै पनि यात्रुलाई केहि भएँन् | फ्लाइट अपरेटरले पाइलटको प्रशंसा गरियो भने पाइलटले आफ्नो कुशलताको परिचय दिँदै सकुशल अवतरण गरार ठुलो दुर्घटनाबाट जोगाए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!