भारतमा चार जना बलात्कारीलाई फाँसीको सजाय

Posted on: 07 Jan, 2020

पुस २२, एजेन्सी | भारतमा चार जना बलात्कारीलाई फाँसी दिइने भएको छ | सन् २०१२ को डिसेम्बर १६ मा नयाँदिल्लीमा मेडिकल पढिरहेकी निर्भयाको बलात्कारपछि हत्या भएपछि दोषी भेटिएका पटियाला हाउस अदालतले अक्षय गुप्ता, पवन गुप्ता, विनय शर्मा र मुकेश सिंहलाई माघ ८ (जनवरी २२) मा बिहान सात बजे फाँसी दिने आदेश दिएको हो |

उनकी आमाले भनिन्, अब मेरी छोरीले न्याय पाएकि छ |  यी चारै जनालाई दिल्ली उच्च अदालतले २०१४ मै दोषी ठहर गरिसकेको थियो | अदालतले मृत्युदण्ड दिन गरेको फैसलाविरूद्ध उनीहरूले सर्वोच्च अदालत गुहारेका थिए |

सात वर्षअघि दिल्लीमा गुडिरहेको बसमा छ जनाको समूहले २३ वर्षीया निर्भयाको बलात्कार  गरेको थियो। बलात्कारपछि उनको हत्या भएको थियो | घटनामा संलग्न ६ जनामध्ये एक जनाले मुद्दा चलिरहेका बेला जेलभित्र आत्महत्या गरेका थिए भने अर्का एकजना नाबालक भएकाले सुधार गृह पठाइएको थियो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!