इरानमा फेरी अर्को दु:खद घटना, १८० यात्रु बोकेको विमान दुर्घटना

Posted on: 08 Jan, 2020

पुस २३, एजेन्सी | इरानमा १८० यात्रु र चालक दलका सदस्य रहेको विमान दुर्घटना भएको छ | इरानको राजधानी तेहरानबाट किएभका लागि उडेको युक्रेनको बोइङ ७३७ विमान दुर्घटना भएको हो | प्राविधिक समस्याका कारण भएको हुनसक्ने आशंका गरिएको छ |

फ्लाइट रडारमा युक्रेनको अन्तर्राष्ट्रिय उडानको फ्लाइट पीएस ७५२ इमाम खोमेनी विमानस्थालबाट स्थानीय समयअनुसार ६ बजे बिहान उडान भरेको केही समयमा नै बेपत्ता भएको इराकी संचारमाध्यमले जनाएका छन् |

विमान दुर्घटना हुन केही घण्टाअघि मात्र इरानले इराकस्थित अमेरिकी सेनाको एयरबेसमा क्षेप्यास्त्र प्रहार गरेको थियो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!