इरानले अमेरिकी एयरबेसमा गरेको आक्रमणबारे के भन्छन ट्रम्प ?

Posted on: 08 Jan, 2020

पुस २३, एजेन्सी | गत शुक्रबार अमेरिकाले इरानी सेनाक शीर्ष कमान्डर कासेम सुलेमानीजको ड्रोन् आक्रमणमा हत्या गरेपछि दुई देशबीचको तनाब चुलिदै गएको छ | त्यसको बदलामा बुधबार  इरानले इराकस्थित अमेरिकी सैन्य हवाई आधारमा दर्जनौ मिसाइल आक्रमण गरेको छ |

इरानले गरेको उक्त आक्रमणपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिक्रिया दिएका छन् | ट्रम्पले ट्वीट गर्दै भनेका छन्, ‘सबै ठीक छ | इराकस्थित दुई अमेरिकी सैन्य आधारमा इरानबाट मिसाइल प्रहार भयो | अहिले हताहती र क्षतिको मूल्याङ्कन भइरहेको छ | हालसम्मको अवस्था ठीक देखिन्छ|’

‘हामीसँग विश्वको सबैभन्दा शक्तिशाली र स्रोतसाधनयुक्त सेना छ | म भोलि विहान एक वक्तव्य निकाल्नेछु । ’उनले भने, ह्वाइट हाउसले इरानको आक्रमणपछि विकसित घटनाक्रममा नजिकबाट निगरानी गरिरहेको ट्रम्पले बताएका छन् |

राष्ट्रपतिले राष्ट्रिय सुरक्षा समूहसँग स्थितिबारे सल्लाह लिइरको ह्वाइट हाउसका प्रेस सेक्रेटरी स्टेफनी ग्रिशमले ट्वीटमा बताएकी छिन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!