मध्यपूर्वी र खाडी मुलुकको आकाशमा उडान गर्न अमेरिका द्वारा प्रतिबन्ध

Posted on: 08 Jan, 2020

पुस २३, एजेन्सी | गत शुक्रबार अमेरिकी ड्रोन आक्रमणमा ज्यान गुमाएका इरानी सैन्य कमाण्डर कासिम सुलेमानीको हत्या पछि इरानले त्यसको बदला स्वरूप  इराकका दुई अमेरिकी सैन्य अड्डामा बुधबार मिसाइल आक्रमण गरेको छ  |

दुई देशबिचको विवाद चुलिदै गएपछि स्थिति तनाव ग्रस्त बनेको हो | अमेरिकी संघीय उड्ययन प्रशासन (एफएए)ले उडान प्रतिबन्ध लगाएको सूचना जारी गर्दै मध्युपुर्वका केही क्षेत्र इराक, इरान,ओमन र पर्सियन खाडी क्षेत्रमा विमान उडानमाथि प्रतिबन्ध लगाएको हो |

राष्ट्रय सुरक्षाका सहयोगी, अमेरिकी वायुसेवा प्रदायक र नागरिक उड्ययन प्राधिकरणहरुलाई उडान प्रतिबन्धको सूचना दिइएको जनाइएको छ | त्यस्तै एसियन एयरलाइन्सहरूले  इरानी आकाशमा आफ्ना जहाज उडाएका छैनन् | सिंगापुर एयरलायन्स, ताइवानको चाइना एयर, मलेसिया एयरलाइन्सले आफ्नो हवाई बाटो फेरेका हुन् |

अन्तर्राष्टिय  सञ्चारमाध्यमले जनाए अनुसार  सिंगापुर एयरलायन्सले पछिल्लो समय युरोपबाट बाहिर सबै एसआइए उडानमा इरानी आकाश प्रयोग नगर्ने बताएको छ | दुई देश बिचको तनाबका कारण  इरान र इराकको माथिबाट आफ्ना जहाँज न्उडाउने  चाइना एयरलाइन्सले बताएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!