अमेरिका र इरानबिच तनाब : पूर्वउपराष्ट्रपतिले लगाए ट्रम्पमाथि यस्तो गम्भीर आरोप

Posted on: 08 Jan, 2020

पुस २३, एजेन्सी | गत शुक्रबार अमेरिकाले इरानका सैन्य कमान्डर जनरल कासिम सुलेमानिको ड्रोन् आक्रमणमा हत्या गरेपछि दुवै देशबीच तनाब बढ्दै गएको छ | अमेरिकी विदेश मन्त्रालयले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा कासिमको हत्या गरेको बताएको थियो |

यासैबिच अमेरिकाका पूर्वउपराष्ट्रपति जो बाइडेनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलेनै तनाब निम्त्याएको बताएका छन् | राष्ट्रपति ट्रम्पले खतरनाक रुपमा अमेरिकालाई इरानसँगको युद्धको नजिक ल्याएको उनले आरोप लगाएका हुन् |

उनले भनेका छन्,राष्ट्रपति ट्रम्पले विपक्षी दलहरु तथा अमेरिकी समूहका अरु सहयात्रीहरुसँग कुनै पनि परामर्श नगरी इरानी सैन्य कमाण्डरको हत्या गरेर बेकारमा तनाब उत्पन् गरेको बताएका हुन् | इरानबाट अमेरिकाका लागि कुनै खतरा नै थियो भने पनि त्यसका विरुद्धमा राष्ट्रिय रुपमा विपक्षी र सत्तारुढ दलसँग सल्लाह गरेर यस्तो काम गर्नु उनको दाबि छ |

राष्ट्रपति ट्रम्पलाई आफ्ना विरोधीहरुलाई कस्तो व्यवहार गर्ने र कसरी हराउने भन्नेबारे केहि थाहा नभएको आरोप पूर्व उपराष्ट्रपति बाइडेनले  लगाएका छन् | उनले भने, ‘हत्याबाट समस्याको समाधान खोज्नुहुदैनथ्यो, अहिले फेरि मध्यपूर्वमा अमेरिकाका विरुद्धमा बडो आपत्तिजनक नारा लागेका छन् त्यसको जिम्मेवारी को हुन्छ ?’अमेरिका विरोधी भावना सिंगो मध्यपूर्वमा बढ्दै गएको कारण खतरनाक रुपमा युद्धको नजिक अमेरिकालाई पुर्याएको उनको भनाइ छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!